Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images

भारतमा कोभिड–१९ : मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

भारतमा कोभिड–१९ : मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

सोमवार, चैत्र ३० २०७७

  • 933
    SHARES

  • भारतमा कोभिड–१९  :  मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    नयाँदिल्ली, चैत । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ को मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।

    कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।

    गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ मा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सवभन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।

    पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

    आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ को मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।

    भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजारभन्दा बढी रहेको छ ।

    यद्यपी एक करोड २१ हजार ५७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् । रासस÷सिन्ह्वा

    सोमवार, चैत्र ३० २०७७०९:४५:१२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार