Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images

एमाले खनाल–नेपाल समूह : 'ओलीको दक्षिणपन्थी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत'

एमाले खनाल–नेपाल समूह : 'ओलीको दक्षिणपन्थी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत'

सोमवार, चैत्र ३० २०७७

  • 1.2K
    SHARES

  • एमाले खनाल–नेपाल समूह : 'ओलीको दक्षिणपन्थी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत'

    काठमाडौँ, चैत । नेकपा एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत रहेको निष्कर्ष निकालेको छ ।

    राष्ट्रिय भेलाका निर्णय समेटेर नेता नेपालले जारी गरेको सर्कुरलमा ओलीको उक्त कदमले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताइएको छ । फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फर्काइ दिएपछि ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पारेको सर्कुलरमा छ । ‘

    पूर्ववत अवस्थामा फर्काइएपछि हामीले नेकपा (एमाले) २०७५ जेठ २ गते जुन अवस्थामा थियो त्यही अवस्थाबाट अगाडि बढ्नुपर्ने अडान राख्यौं । तर कमरेड केपी ओलीको दक्षिणपन्थी एवम् विसर्जनवादी प्रवृत्ति नेकपा (एमाले) लाई विघटन गर्नेतर्फ उद्दत रह्यो । त्यसैको एउटा कडी हो फागुन २८ गतेको घोर षड्यन्त्रकारी कदम ।

    त्यसदिन कमरेड केपी ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पार्नुभयो ।

    उहाँले पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरित केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई खबर नै नगरी केन्द्रीय कमिटीको तथाकथित विशेष बैठकको नाममा गुटको भेला गरेर मनपरी ढंगले अवैधानिक निर्णय गरी पार्टीलाई विभाजित हुने स्थितिमा पुर्‌याउनुभयो,’ सर्कुलरमा भनिएको छ, ‘कमरेड केपी ओलीले यस किसिमको बल मिच्याँइ र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‌याउन उहाँसँग दबाबमूलक ढंगले कुरा गर्न हामी केन्द्रीय कार्यालय धुम्बाराही पुग्यौं तर कमरेड ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उहाँ कुनै कुरा पनि सच्याउन तयार हुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो ।

    पार्टीमा गम्भीर संकट उत्पन्न भयो ।’ चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन नेता नेपालले सर्कुलर मार्फत निर्देशन दिएका छन् ।

     

     

    सोमवार, चैत्र ३० २०७७०७:१४:०८

    डेमो खबर

    सम्बन्धित समाचार