Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images
सत्ता समिकरण बहस

डा. कोइरालाले भने : "कांग्रेसको सम्भव नभए जसपा नेतृत्वमा सरकार गठन गर्नुपर्छ "

डा. कोइरालाले भने : "कांग्रेसको सम्भव नभए जसपा नेतृत्वमा सरकार गठन गर्नुपर्छ "

सोमवार, चैत्र ३० २०७७

  • 997
    SHARES

  • डा. कोइरालाले भने : "कांग्रेसको  सम्भव नभए जसपा नेतृत्वमा सरकार गठन गर्नुपर्छ "

    कास्की, चैत । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संसद् अनिर्णयको बन्दी भएको भन्दै यसबारे प्रतिपक्षी दलहरू चाँडै निचोडमा पुग्नुपर्ने बताएका छन् । सरकारले बिजनेस दिन नसक्नु र एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी भएको उनले जनाए ।

    ‘सरकारले न बिजनेस दिन सकेको छ न संसद् चलाउन,’ प्रेस युनियनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसरी सधैं कसरी चल्छ ? संसद् चल्छ कि चल्दैन भन्ने अवस्था छ ।’ उनले यही सरकार रहिरहे देशमा अराजकता बढ्दै जाने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्नेमा जोड दिए ।

    ‘नैतिकता भएको भए प्रम ओलीले संसद् पुन:स्थापना हुँदाकै दिन राजीनामा दिनुपर्थ्यो,’ उनले भने । नयाँ सरकार गठनका लागि माओवादीले समर्थन फिर्ता नलिने, यता कांग्रेससँग पनि संख्या नपुग्ने भन्दै कोइरालाले अब जसपाका माग पूरा गर्दै ऊसँग सहमति गर्नुपर्ने बताए ।

    यसअघि पनि कांग्रेसकै नेतृत्वमा माओवादीले जसपाका माग संसद्‍मा टेबुल गरेको र त्यस बेला एमालेले अस्वीकार गरेको उनको भनाइ छ । ‘रेशम चौधरीको इस्यु, संविधान संशोधनमा भाषा र नागरिकताको विषय र प्रदेशको इस्युलगायत जसपाका मागमा छलफल गरेर अघि बढे निकास निस्कन्छ,’ उनले भने ।

    कोइरालाले अब कांग्रेसकै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले निष्कर्ष निकाल्न नसके विकल्प दिनुपर्छ । विकल्प पनि दिन नसके संसदीय व्यवस्था फेल हुन्छ,’ उनले भने ।

    कांग्रेसको नेतृत्वमा सम्भव नभए जसपाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने कोइरालाले बताए । अर्को प्रसंगमा कोइरालाले पार्टीको १४औं महाधिवेशन भदौमा हुने बताए ।

    सभापतिबाहेक अन्य पदमा आफ्नो उम्मेदवारी नरहने जनाउँदै उनले महाधिवेशनपछि मंसिर या चैतमा निर्वाचन गर्नुपर्ने बताए । विभिन्न कार्यक्रममा पार्टी सभापति र वरिष्ठ नेताबीचको जुहारी दुर्भाग्य रहेको उनले बताएका छन् ।

    सोमवार, चैत्र ३० २०७७०६:५८:२९

    डेमो खबर

    सम्बन्धित समाचार