Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images

सेयर बजार : 'नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण'

सेयर बजार : 'नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण'

सोमवार, चैत्र ३० २०७७

  • 1.1K
    SHARES

  • सेयर बजार :  'नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण'

    काठमाडौं, चैत। साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन ।

    नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ ।

    आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो । सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ ।

    यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

    सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।

    पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले पाँच गुणासम्म पुँजी वृद्धि भए पनि आपत्ति नहुने बताएका छन् ।

    पुँजी वृद्धिको विषयमा संघको धारणा समेत राष्ट्र बैंकमा बुझाइसकेको उनले बताएका छन् । संघका अध्यक्षको यो भनाइले पनि लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

    सोमवार, चैत्र ३० २०७७०३:४४:१२

    डेमो खबर

    सम्बन्धित समाचार