Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

सरकार - थरुहट वार्ता : 'मागबारे बुँदागत छलफल थालीयाे '

सरकार - थरुहट वार्ता : 'मागबारे बुँदागत छलफल थालीयाे '

मंगलवार, चैत्र २४ २०७७

  • 297
    SHARES

  • सरकार - थरुहट वार्ता  :  'मागबारे बुँदागत छलफल  थालीयाे '

    काठमाडौं, चैत  । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले बताए ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको बुँदागतरुपमा अध्ययन गरी सम्बोधनमा सरकार सकारात्म रहेको बैठकमा जानकारी गराएका थिए ।

    वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरीका अनुसार आजको बैठकमा बुँदागत रुपमा मागबारे छलफल भयो । छलफल सकारात्मक रुपले अघि बढेकाले अव बस्ने बैठकमा विट मार्नेगरी अगाडि बढ्ने सहमति बनेको उनले जानकारी दिए ।

    थरुहट पक्षले उठाएको मागमध्ये सांसद रेशमलाल चौधरीको रिहाई तथा झुटा मुद्दा खारेजको विषयलाई कानुनी आधारमा समाधान खोज्ने र बाँकी माग वार्ताबाटै सहमतिमा पुग्ने करिब सहमति बनिसकेको तर अन्तिम रुप दिन मात्र बाँकी रहेको थाकसका महामन्त्रीसमेत रहेका चौधरीले जानकारी दिएका छन ।

    थरुहट पक्षले उठाएको मागमा लोक सेवा आयोगमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरिनुपर्ने, थरुहट आन्दोलनका बेला शहिद भएका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहादत्त प्राप्त गरेकालाई शहीद घोषणा गर्नुपर्ने मागमा करिब सहमति बन्ने वातावरण बनेको वार्ता समिति सदस्य चौधरीले बताइन ।

    थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले पाँच सदस्यीय वार्ता टोली गठन गरी सरकारसँग वार्ता गरिरहेको छ ।

    आज गृह मन्त्रालयमा साँझ साढे ४ बजेबाट शुरु भएको वार्ता साढे ५ बजेसम्म चलेको थियो । यसअघि पहिलो चरणको वार्ता १७ गते मंगलबार, दोस्रो चरणको वार्ता २२ गते आइतबार भएको थियो ।

    वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र विज्ञ डा. राजन भट्टराई, पूर्व राज्यमन्त्री भगवती चौधरी हुनुहुन्छ ।

    त्यस्तै, थरुहट पक्षको तर्फबाट संयोजक पूर्व सांसद रुक्मिणी चौधरी, सदस्य पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, चन्द्रपसाद चौधरी र प्रभातकुमार चौधरी रहनुभएको छ ।

    मंगलवार, चैत्र २४ २०७७०८:२९:१९

    डेमो खबर

    सम्बन्धित समाचार