Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

नेपालमा कोरोना : '२६० सङ्क्रमित थपिए'

नेपालमा कोरोना : '२६० सङ्क्रमित थपिए'

मंगलवार, चैत्र २४ २०७७

  • 325
    SHARES

  • नेपालमा कोरोना :  '२६० सङ्क्रमित थपिए'

    काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ को आरटीपीसीआर परीक्षण गरिएकोमा २६० मा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा ११३ सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५  सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा काेही सङ्क्रमितकाे मृत्यु भएको छैन ।

    हिजाेसम्म नेपालमा तीनहजार ३६ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलवार, चैत्र २४ २०७७०८:२३:२३

    डेमो खबर

    सम्बन्धित समाचार