Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images
नेपाली काग्रेस

प्रवक्ता शर्माले भने : "माओवादी र जसपाका कारण नयाँ सरकार गठन हुन सकेन "

प्रवक्ता शर्माले भने : "माओवादी र जसपाका कारण नयाँ सरकार गठन हुन सकेन "

बिहिवार, चैत्र १९ २०७७

  • 861
    SHARES

  • प्रवक्ता शर्माले भने  :  "माओवादी र जसपाका कारण नयाँ सरकार गठन हुन सकेन "

    काठमाडौं, चैत । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका कारण नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

    प्रवक्ता शर्माले बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा पत्रकारलाई  भने,  'माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकाले नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको हाे ।'

    उनले थपे, 'माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिए मात्रै नेपाली कांग्रेस वा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउछ ।' 

    ‘सरकारको समर्थनको सन्दर्भमा  माओवादी केन्द्रले केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

    नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत रुपमा यसको निर्णयमा पुग्नेछौं ।’

    प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताए ।

    बिहिवार, चैत्र १९ २०७७०६:५७:०५

    डेमो खबर

    सम्बन्धित समाचार