Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

‘थ्री नेशन्स कप : 'नेपाल बन्याे च्याम्पियन'

‘थ्री नेशन्स कप : 'नेपाल बन्याे च्याम्पियन'

सोमवार, चैत्र १६ २०७७

  • 677
    SHARES

  • ‘थ्री नेशन्स कप  :  'नेपाल  बन्याे   च्याम्पियन'

    काठमाडौं, चैत्त  । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।

    नेपालले २८ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरे । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाए । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गरे ।

    थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गरेका छन । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल भए।

    विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–१ ले हराए यता कुनै गोल गर्न सकेको थिएन । त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाए । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोके ।

    ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिए । पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो । ८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो ।

    ८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।

    ८७ औं मिनेटमा बङ्गलादेशका कप्तानले गर्नुभएको प्रहार गोलकिपर किरणकुमार लिम्बुले गोल गर्नबाट रोके । लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्नुभएका बिराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिए । सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नुभएको बिराजको यो अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुन पुग्यो ।

    सोमवार, चैत्र १६ २०७७०७:४२:४४

    डेमो खबर

    सम्बन्धित समाचार