Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images
कोरोनाले तर्सियो तराई 

कोभिड १९ का सङ्क्रमित बढे :"फागुपर्व मनाउनेवारे अन्यौल"

कोभिड १९ का सङ्क्रमित बढे :"फागुपर्व मनाउनेवारे अन्यौल"

बुधवार, चैत्र ११ २०७७

  • 1.7K
    SHARES

  • कोभिड १९ का सङ्क्रमित बढे :"फागुपर्व मनाउनेवारे अन्यौल"


    मधेश , चैत । तराईका जिल्लाहरुमा लामो समयपछि कोभिड १९ का सङ्क्रमित फेलापर्न थालेपछि फागु पर्वको रौनक नबढ्ने भएको छ । हर्ष र उल्लासका साथ मनाइने होली पर्व कसरी र कुन रुपमा मनाउने भनेमा तराईबासी अलमलमा परेका छन् । 
    तराईमा अत्यन्त उत्साह र उमङगका साथ मनाइने फागु पर्वमा कामका लागि बिदेशिएका तथा भारतमा कामदारको रुपमा काम गर्ने नेपाली ठूलो सङ्ख्यामा फागु पर्व मनाउन सिमापारिबाट आउने गरेका छन् । 

    Festival-in-Nepal-Holi.jpg

    अहिले भारतका बिभिन्न ठाउँमा कोरोना सङ्क्रमितको दर उच्च रहेकाले सिमापारीबाट आउनेले लिएर आउने हो कि भन्ने ठूलो जोखिम रहेको नेशनल मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. प्रमोद शर्राफले बताउका छन । 
    फागु पर्वलाई तराइका जिल्लामा सद्भाव स्नेह र मिलनको पवका रुपमा  मनाउने परम्परा रहेकाले यस पर्वमा लोला हान्ने रङ्ग दल्ने र आफुभन्दा ठूला र मान्यवरसँग आशिर्वाद लिन अङ्माल गर्ने परम्परा रहेकाले यसबाट कोरोना सर्नसक्ने सम्भावना रहेको स्थानीय शौरभ गुप्ताको भनाई छ । 
    आईतबार नारायणी अस्पतालमा ५० मा परीक्षण गरिएकोमा १० मा संक्रमण पुष्टि भएपछि सर्वसाधारणमा झनै त्रास बढाएको छ ।  चिकित्सकले यस बर्षको फागु पर्वमा उच्च सर्तकता अपनाई मनाउन सुझाव दिएका छन् । 
    समूहगतभन्दा पनि आफ्नै पारिवारीक बातावरणमा समदुरी कायम गरि समान्य रुपमा मनाउन नारायणी अस्पतालका बरिष्ठ चिकित्सक निरज सिंहको सुझाव छ ।  
                  

    बुधवार, चैत्र ११ २०७७०९:२५:४२

    डेमो खबर

    सम्बन्धित समाचार