Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images
नेपाली कांग्रेस

सरकार - विप्लव समूहबीच सहमति : " कांग्रेसले सतर्कतापूर्वक हेरिरहेका छ "

सरकार - विप्लव समूहबीच सहमति : " कांग्रेसले सतर्कतापूर्वक हेरिरहेका छ "

बिहिवार, फाल्गुण २० २०७७

  • 1.3K
    SHARES

  • सरकार -  विप्लव समूहबीच  सहमति  : " कांग्रेसले सतर्कतापूर्वक हेरिरहेका छ "

    काठमाडौं, फागुन  । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिलाई सतर्कतापूर्वक हेरिरहेको बताएको छ ।

    यद्यपि राजनीतिक विवादको शान्तिपूर्ण सम्वादबाट समाधान गर्न सकिन्छ भन्नेमा विश्वास राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    सरकार र विप्लव समूहले वार्ता टोली बनाएपछि कांग्रेसले वक्तव्य जारी गर्दै सकारात्मक भनेको थियो । बिहीबार दुबै पक्षबीच तीनबुँदे सहमति भएको छ, जसलाई भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा औपचारिकता दिने तयारी छ ।

    पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले सहमतिका विषयबस्तु बाहिर आइनसकेको बताए ।

    साथै वार्ता र सहमतिका क्रममा सरकारले प्रतिपक्षी र अरु दलहरुलाई पनि विश्वासमा नलिएको भन्दै उनले भने, ‘त्यसैले यसलाई सतर्कतापूर्वक हेरिरहेको छौं ।’

    बिहिवार, फाल्गुण २० २०७७०८:१३:२९

    डेमो खबर

    सम्बन्धित समाचार