Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images
नेकपा प्रचण्ड–माधव समूह

अध्यक्ष नेपालले भने : " कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छाैँ "

अध्यक्ष नेपालले भने : " कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छाैँ "

बिहिवार, फाल्गुण २० २०७७

  • 1.1K
    SHARES

  • अध्यक्ष नेपालले  भने   : " कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छाैँ "

     काठमाडौं, फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए ।

    प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ।’

    पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले सहमति गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति नेकपा विवादमा निर्वाचन आयोगले निर्णय दिनुपर्ने बताए ।

    प्रधानमन्त्री को बन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण भएको भन्दै उनले प्रतिगमनविरुद्ध अघि बढेका शक्तिबीच सहमति गरी सरकार गठन गर्नुपर्नेमा जोड दिए । ‘जो असंवैधानिक कदमविरुद्ध उत्रिएका शक्तिले किन सहमति नगर्ने ?’ उनले भने ।

    कांग्रेस नेता प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली समूह बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘हिजो संसद पुर्नवहाली हुनुपर्छ भन्ने शक्ति सबै मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यसपछि समस्याको समाधान अर्लि इलेक्सन नै हो ।’

    बिहिवार, फाल्गुण २० २०७७०८:०४:३८

    डेमो खबर

    सम्बन्धित समाचार