Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

आज देशभरका अदालत बन्द : "सिंहको निधनमा शोक मनाइने"

आज देशभरका अदालत बन्द : "सिंहको निधनमा शोक मनाइने"

बिहिवार, फाल्गुण २० २०७७

  • 1.1K
    SHARES

  • आज देशभरका अदालत  बन्द :   "सिंहको निधनमा शोक मनाइने"

    काठमाडौँ, फागुन ।  पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले  साे निर्णय गरेको  हाे । 

    प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

    पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो ।

    उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए । संविधान र कानुनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका स्व सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए ।

    उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्च अदालतकाे  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बिहिवार, फाल्गुण २० २०७७०७:३५:२७

    डेमो खबर

    सम्बन्धित समाचार