Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

सुनको मूल्य : "आज रु ५०० बढ्यो "

सुनको मूल्य : "आज रु ५०० बढ्यो "

बुधवार, फाल्गुण १९ २०७७

  • 1.0K
    SHARES

  • सुनको मूल्य  :  "आज रु ५००  बढ्यो "

    काठमाडौँ, फागुन । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ ।

    चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

    बुधवार, फाल्गुण १९ २०७७१२:५५:०४

    डेमो खबर

    सम्बन्धित समाचार