Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images

फुङ्लिङ आगलागी : " ३३८ परिवार विस्थापित "

फुङ्लिङ आगलागी : " ३३८ परिवार विस्थापित "

बुधवार, फाल्गुण १९ २०७७

  • 1.0K
    SHARES

  • फुङ्लिङ आगलागी : " ३३८ परिवार विस्थापित "

    फुङ्लिङ, फागुन । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ ।

    पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्र चोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए ।

    विसं २०६९ माघ २६ गते शेर्पा टोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रे बजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।

    त्यसैगरी,  विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए ।

    विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए  ।

    त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुन पुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा छ ।

    बुधवार, फाल्गुण १९ २०७७१२:४९:४२

    डेमो खबर

    सम्बन्धित समाचार