Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट

पुलिसलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो

पुलिसलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो

बुधवार, माघ १४ २०७७

  • 1.1K
    SHARES

  • पुलिसलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो

    काठमाडौं, माघ । सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिसलाई हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ । उसले नेपाल पुलिसलाई ३० रनले हराएको हो । एपीएफले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याउँदै नेपाल पुलिसले ४९ ओभर २ बलमा मात्र १७३ रनमा समेटिन पुग्यो । १५ रनमै तीन विकेट गुमाएर नेपाल पुलिसले कमजोर सुरुवात गर्यो ।

    ओपनर सुनिल धमला, कुशल भुर्तेल र अमित श्रेष्ठले दोहोरा योगफल छुन नपाउँदै पेभेलियन फर्किदा पुलिस प्रारम्भिक दबाबमा आयो । मध्यक्रममा अनिल साह र दिपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गरेर केही आशा जगाएपनि दुबैजना लगालग पेभेलियन फर्केपछि नेपाल पुलिसको पारी धरमराउन पुग्यो ।

    ऐरी ३३ र साहले २१ रनको योगदान दिनुभयो । पवन सर्राफले सर्वाधिक ४० रन बनाएर टोलिको योगफल १२५ रनसम्म पुर्याएपनि उहाँ पेभेलियन फर्के लगत्तै पुलिसको उपाधिको होडसम्म पुग्ने सपनामाथि तुषारापात भयो । राशिद खानले पूछारमा ३४ रनको पारी खेलेपनि जितका लागि अपर्याप्त भयो । आरिफ शेषले १६ रनको पारी खेल्नुभयो ।

    फिल्डिङको क्रममा चोटग्रस्त भएपछि आरिफ मैदानबाट बाहिरिन पुग्नुभएको थियो । एपीएफका लागि भुवन कार्कीले सर्वाधिक चार तथा कमल ऐरी, अविनाश बोहोरा र शरद् भेषवकारले सामान दुई दुई विकेट लिए ।

    त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको एपीएफले ४३ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर मध्यक्रममा भुवन काकार्कीले ४२ र शंकर रानाले ४४ रनको पारीको योगदान दिएर टोलिको योगफल सामान्य योगफलसम्म पुर्याउनुभयो । पुलिसका लागि आरिफ शेषले दश ओभरमा ३१ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

    ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई तथा राशिद खान र सागर ढकालले एक एक विकेट लिनुभयो । भुवन कार्की प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्त बिहीबार हुने दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मीले प्रदेश २ को सामना गर्नेछ ।

    बुधवार, माघ १४ २०७७०९:४०:२३

    डेमो खबर

    सम्बन्धित समाचार