Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

मौसम विज्ञान विभाग भन्छ :  "अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने" 

मौसम विज्ञान विभाग भन्छ :  "अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने" 

बुधवार, माघ १४ २०७७

  • 941
    SHARES

  • मौसम विज्ञान विभाग भन्छ :  "अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने" 


    काठमाडौं, माघ  । आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका मौमसविद् गंगा नगरकोटीले दिएको जानकारी अनुसार,  पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने छ ।  
    काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि वर्षा हुने सम्भावना भने नरहेको उनले थपे ।
    काठमाडौं बाहिर भने पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ । साथै, तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
    बिहीबार, दिउँसोको समयमा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 
    आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    बुधवार, माघ १४ २०७७०५:५४:४३

    डेमो खबर

    सम्बन्धित समाचार