Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

विश्वभर कोरोना : "सङ्क्रमितको संख्या दश करोड नाघ्यो"

विश्वभर कोरोना : "सङ्क्रमितको संख्या दश करोड नाघ्यो"

बुधवार, माघ १४ २०७७

  • 833
    SHARES

  • विश्वभर कोरोना  : "सङ्क्रमितको संख्या दश करोड नाघ्यो"

    अमेरिका,   माघ ।  विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

    यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ ।

    अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उहाँ बताउनु भएको छ ।

    अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनुभएको छ ।

    कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।

    विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । (रासस÷एएफपी)

    बुधवार, माघ १४ २०७७०५:०६:१६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार