Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट

बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर सेमीफाइनलमा

बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर सेमीफाइनलमा

आइतवार, माघ ११ २०७७

  • 1.2K
    SHARES

  • बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर  सेमीफाइनलमा

    काठमाडौं, माघ  । अत्यन्तै रोमाञ्चक स्पर्धामा बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बागमतीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउँदै लुम्बिनि ४८ ओभरमा सबै विकेट गुमाएर २२० रनमा रोकिन पुग्यो ।

    बागमती र लुम्बिनिबीचको खेल ‘टाइ’ भएपछि समूह बी बाट बागमती सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको छ । उसले चार खेलमध्ये तीनमा जित हात पार्दै सात अङ्क बटुलेको छ । लुम्बिनिको चारमध्ये दुईमा जित र बागमतीसँग अङ्क बाँड्दा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल पुलिसले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । पुलिसले तीन खेलमध्ये दुईमा जित हात पारेर चार अङ्कसहित तेस्रो स्थानमा छ ।

    आफ्नो अन्तिम खेलमा प्रदेश २ लाई हराए नेपाल पुलिस समूह बी बाट बागमतीसँगै सेमीफाइनल पुग्नेछ । हार बेहोरे नेपाल पुलिसलाई उछिन्दै लुम्बिनिले सेमीफाइनलमा स्थान सुनिश्चित गर्नेछ । २१६ रनमा मात्र सात विकेट गुमाएको लुम्बिनिले २२ बलमा छ रन ल्याउन आवश्यक छँदा लगालग तीन विकेट गुमाउँदै ऊ लक्ष्यभन्दा एक रन टाढा ४८ ओभरमा २२० रनमा समेटिन पुग्यो ।

    ओपनर सन्दीप सुनार र देब खरेलले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै लुम्बिनिका लागि उत्कृष्ट सुरुवात दिलाउनुभयो । सन्दीप सुनारले २५ तथा देब खनालले २६ रनको योगदान दिए । सौरभ खनालले ३४ रनको योगदान दिनुभयो । विकेटकीपर ब्याट्सम्यान केसी प्रकाश ४१ रन बनाएर पेभेलियन फर्किनुभयो । कृष्ण कार्कीले ४१ रनको पारी खेलेर पेभेलियन फर्किदा लुम्बिनिले २१ बलमा पाँच रन ल्याउन आवश्यक थियो ।

    पूछारका ब्याट्सम्यान जितेन्द्र सहनी सात रन बनाएर पेभेलियन फर्किनुभयो । जितका लागि एक रन आवश्यक छँदा दिपेन्द्र रावत रन आउट हुन पुग्दा लुम्बिनि ४८ ओभरमा २२० रनमा समेटिन पुग्यो । बागमतीका लागि बिपीन आचार्यले सर्वाधिक चार विकेट लिनुभयो । रामनरेश गिरी, तिलक भण्डारी र इशान पाण्डेले एक एक तथा गौतम केसीले दुई विकेट लिए ।

    ओपनर आदिल खान र मध्यक्रमका ब्याट्सम्यान इशान पाण्डेको अद्र्धशतकमा बागमतीले लुम्बिनि समक्ष २२१ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको १८ औं खेलमा बागमतीले लुम्बिनि समक्ष २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बागमतीले उत्कृष्ट सुरुवात गर्यो ।

    ओपनरद्वय आकाश थापा र आदिल खानले अद्र्धशतकीय साझेदारी गरे । आकाश थापा ३९ रन बनाएर पेभेलियन फर्केपनि अर्का ओपनर आदिल खानले ५५ रनको पारी खेलेर टोलिको योगफल १२८ रनसम्म पुर्याउनुभयो । उहाँले ८७ बलको सामना गर्दै पाँच चौका र तीन छक्का लगाउनुभयो । मध्यक्रममा बिभत्सु थापा डक आउट हुँदा पृथु बाँस्कोटा २९ रनको योगदान दिनुभयो ।

    इशान पाण्डेले ५३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५१ रनको योगदान दिनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर एलबीडब्ल्युको धरापमा पर्नुभयो । बिपीन आचार्य, गौतम केसी र राम नरेश गिरीले दोहोरा योगफल समेत छुन सकेनन । नन्दन यादबले ११ रन बनाएर अविजित रहँदा बागमतीले ५० ओभरमा नौ विकेटको क्षतिमा २२० रनको योगफल तयार गर्न सफल भयो ।

     

     

    आइतवार, माघ ११ २०७७०५:३७:१०

    डेमो खबर

    सम्बन्धित समाचार