Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

बागमती प्रदेश : " सातौँ आधिवशेन सुरु "

बागमती प्रदेश : " सातौँ आधिवशेन सुरु "

बुधवार, माघ ७ २०७७

  • 1.1K
    SHARES

  • बागमती प्रदेश  : " सातौँ आधिवशेन सुरु "

    हेटौँडा, माघ  । बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशसभा अधिवेशन बुधबारबाट सुरु भएको हो ।

    अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौल नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए ।

    तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताए ।

    प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेशसभामा देखिएको फरक मत र असन्तुष्टिलाई सम्मान गरिने बताए । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उनले केन्द्रमा विवादले केही अन्यौल र तीब्र ध्रुवीकरणको प्रतिबिम्ब प्रदेश सरकारमा परेको छ भने ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताए ।

    कपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ ।

    कपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताउँदै प्रधानमन्त्री ओलीबाट संविधान कुल्चिने र गणतन्त्रमाति धावा बोल्ने काम भएकाे बताए ।

    हाँले भन्नुभयो, प्रतिगमन नसच्चिए नेपालको भविष्य अन्धकारमय हुनेछ । विवेकशील साझा पार्टी रमेश पौड्यालले प्रधानमन्त्री राजनीतिक उपलब्धिलाई उल्ट्याउनेतर्फ अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्रीको असंवैधानिक निर्णयले मुलुकलाई अन्धकारतर्फ धकेलेको बताए ।

    नेपाल मजदूर किसान पार्टीका प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाइले राजनीतिक दलहरु विवादमा फस्न नहुने गर्दै बताउँदै उनले अवसरवादले लोकतन्त्रलाई बलियो नबनाउने बताए। यस्तै प्रदेश सभाका सदस्य रीता माझीले अहिलेको नेकपाभित्रको विवाद कोरोना भाइरसपीडितको पक्षमा नभएर पद र प्रतिष्ठाको लागि भएको बताए।

    प्रदेश सभाका सदस्य रीना गुरुङले नेकपालाई जनताले दुई तिहाइ बहुमत दिँदासमेत नेपाल विदेशीको चलखेल गर्ने स्थलमा परिणत भएको बताए । यसअघि प्रदेश सभा बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र, विधेयक प्रमाणिकरणको पत्र, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउनुभएको थियो ।

    बागमती प्रदेशमा दुई तिहाई बहुमत भएको नेकपाकै ४५ प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्री विरुद्ध गत पुस १० गते तीन जना मन्त्रीहरुको राजीनामासहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

     

     

    बुधवार, माघ ७ २०७७०९:५८:५९

    डेमो खबर

    सम्बन्धित समाचार