काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका ३१८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८३ सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।
हालसम्म दुई लाख ६२ हजार ६४२ सङ्क्रमित निको भइसकेका छन् । पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार १२काे अारती पीसीअार परीक्षणमा ३४८ सङ्क्रमित थपिएका हुन् ।
नेपालमा अहिलेसम्म बीस लाख २६ हजार ७२६ वटा पीसीअार परीक्षण भइसकेका छन् । हाल तीनहजार ६९३ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा छ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९७५ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
हाल तीन हजार ६९३ आइसोलेशनमा र १७२ क्वारेन्टिनमा छन् । उपत्यकामा १४५ मा काेराेना पुष्टि काठमाडाैं उपत्यकामा १४५ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरमा तीन, ललितपुरमा २६ र काठमाडाैंमा एकसय १६ मा पुष्टि भएकाे हाे ।