Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images
कांग्रेस सभापति देउवाले अपील

कांग्रेसकाे विरोध प्रदर्शन : "देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम गर्दै"

कांग्रेसकाे विरोध प्रदर्शन : "देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम गर्दै"

बुधवार, माघ ७ २०७७

  • 929
    SHARES

  • कांग्रेसकाे विरोध प्रदर्शन  :  "देशभरका ६ हजार ७४३ वडामा  कार्यक्रम  गर्दै"

    काठमाडौं, माघ  ।  नेपाली कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा अपील गरेका छन् ।

    सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

    कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

    बुधवार, माघ ७ २०७७०८:४४:५४

    डेमो खबर

    सम्बन्धित समाचार