Logo

बिहिवार, माघ १५ २०७७Jan 28 2021

images

२ हजार ३ सयले घट्यो सुनको मूल्य

२ हजार ३ सयले घट्यो सुनको मूल्य

आइतवार, पौष २६ २०७७

  • 573
    SHARES

  • २ हजार ३ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ ।

    प्रतितोला ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० तोकिएको छ ।

    प्रतितोला ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० ले नै ओरालो लागेको हो । यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

    चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा ६० ले घटेको हो ।

    आइतवार, पौष २६ २०७७०१:४२:५०

    डेमो खबर

    सम्बन्धित समाचार