Logo

बिहिवार, माघ १५ २०७७Jan 28 2021

images

गण्डकी प्रदेश : विषेश अधिवेशन आज

गण्डकी प्रदेश : विषेश अधिवेशन आज

मंगलवार, पौष २१ २०७७

  • 701
    SHARES

  • गण्डकी प्रदेश :  विषेश अधिवेशन आज

    पोखरा, पुस । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।

    विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ ।

    पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान छ ।

    संविधानको धारा १ सय ८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

    मंगलवार, पौष २१ २०७७११:४७:५३

    डेमो खबर

    सम्बन्धित समाचार