Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images

श्रीलंकाको समुन्द्रमा बर्थ डे मनाउदै ज्याकलिन, यस्तो अवस्थामा देखीन ज्याकलिन

श्रीलंकाको समुन्द्रमा बर्थ डे मनाउदै ज्याकलिन, यस्तो अवस्थामा देखीन ज्याकलिन

आइतवार, श्रावण २६ २०७६

  • 43.2K
    SHARES

  • श्रीलंकाको समुन्द्रमा बर्थ डे मनाउदै ज्याकलिन, यस्तो अवस्थामा देखीन ज्याकलिन

    बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् । नायिका फर्नान्डेजको बलिउडमा राम्रो क्रेज छ । उनले विशेषगरि नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिसमा हिट छन् । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न सो स्थानलाई रोजेको बताइन् । श्रीलंकाकी सुन्दरीलाई बलिउडका चर्चित कलाकारहरुले पनि शुभकामना दिइरहेका छन् ।

    आइतवार, श्रावण २६ २०७६१०:५२:४९
    सम्बन्धित समाचार