images
Logo

सोमवार, कार्तिक ८ २०७८Oct 25 2021

images

लुम्बिनी प्रदेश  : 'नवनियुक्त मन्त्रीले लिए शपथ '

लुम्बिनी प्रदेश  : 'नवनियुक्त मन्त्रीले लिए शपथ '

बिहिवार, श्रावण २८ २०७८

  • 2.1K
    SHARES

  • लुम्बिनी प्रदेश  : 'नवनियुक्त मन्त्रीले लिए शपथ '


    काठमाडौँ, साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले  मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले  सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

    माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । मुख्यमन्त्रीमन्त्रीसहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३  र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।

    काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण विकास), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला), जसपाबाट सुमन शर्मा रायमाझी (विना विभागीय), कुर्मती ढेँगा (विना विभागीय) र सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) बनेका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही (विना विभागीय मन्त्री) बनेका छन् ।

    मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै अन्य मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

    बिहिवार, श्रावण २८ २०७८०९:०२:२०

    डेमो खबर

    सम्बन्धित समाचार