images
Logo

सोमवार, कार्तिक ८ २०७८Oct 25 2021

images

लुम्बिनी प्रदेश : केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ को हस्ताक्षर

लुम्बिनी प्रदेश : केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ को हस्ताक्षर

बिहिवार, श्रावण २८ २०७८

  • 1.6K
    SHARES

  • लुम्बिनी  प्रदेश  :   केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ को हस्ताक्षर

    बुटवल,  साउन। लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ सां सदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

    माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२  सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

    गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

    लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।

    अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    बिहिवार, श्रावण २८ २०७८१२:३०:५९

    डेमो खबर

    सम्बन्धित समाचार