images
Logo

बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

images
क्रियाशील सदस्यता विवाद

पौडेल समूहको मत : ' ‘जहाँ विवाद छन् ती स्थानमा पुरानालाई मात्रै मानौँ '

पौडेल समूहको मत : ' ‘जहाँ विवाद छन् ती स्थानमा पुरानालाई मात्रै मानौँ '

मंगलवार, श्रावण १९ २०७८

  • 1.3K
    SHARES

  • पौडेल समूहको मत : ' ‘जहाँ विवाद छन् ती स्थानमा  पुरानालाई मात्रै मानौँ '

    काठमाडौं, साउन । नेपाली काँग्रेस भित्रको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवादबारे आफू पक्षका नेतासँग छलफल गरेको छ । ठमेलस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा भएको पौडेल पक्षीय नेताको छलफलमा विवाद देखिएका स्थानमा पुराना सदस्यतालाई आधार मानेर अघि बढ्ने विषयमा छलफल भएको हो ।

    ‘जहाँ विवाद छन् ती स्थानमा नयाँलाई छाडेर पुरानालाई मात्रै सहभागी गराएर भए पनि तत्काल अधिवेशनमा जानु पर्छ भन्ने धेरैको धारणा रह्यो, निष्कर्ष पनि यही हो,’ छलफलपछि नेता अर्जुननरसिंह केसीले भने । उनका अनुसार विवादित स्थानमा १३औँ महाधिवेशनका क्रियाशील सदस्यहरूबाट नै अधिवेशन गर्न सकिने बैठकको निष्कर्ष छ ।

    पौडेल समूहले नयाँ सदस्यता वितरणका नाममा तल्लो तहबाट सिफारिस नभई आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै त्यसरी प्रक्रिया बिना नै आएका सदस्यतालाई नस्विकार्ने निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेताहरू केसी, रामशरण महत डा.मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

    काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार देशभरका १२१ वटा वडाको सदस्यता विवाद पछि स्थगित गरिसकिएको छ भने बारा र सप्तरी जिल्लामा विवाद भएपछि ती दुई जिल्लाका नयाँ सदस्यता शीर्ष तहको जिम्मामा छाडिएको छ । यस्तै सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोकका केही निर्वाचन क्षेत्रका नयाँ सदस्यतामा पनि विवाद देखिएको छ ।

    मंगलवार, श्रावण १९ २०७८१०:२१:५९

    डेमो खबर

    सम्बन्धित समाचार