images
Logo

शुक्रवार, मंसिर १७ २०७८Dec 03 2021

images

सर्लाही  ः एकै दिन ९९ सङ्क्रमणमुक्त 

सर्लाही  ः एकै दिन ९९ सङ्क्रमणमुक्त 

शनिवार, आषाढ ५ २०७८

  • 2.8K
    SHARES

  • सर्लाही  ः एकै दिन ९९ सङ्क्रमणमुक्त 


    सर्लाही, असार  । सर्लाहीमा शनिवार एकैदिन ९९ ब्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भउका छन ।  जिल्ला प्रशासन कार्यालय मलङ्गवाले शनिवार दिउँसो दैनिक बुलेटिन निकालेर ९९ सङ्क्रमणमुक्त भएको जनाएको हो । 
    योसँगै जिल्लाभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार २६१  पुगेको कार्यालयले जनाएको छ ।  यस्तै, शनिवार जिल्लामा ३१  नयाँ सङ्क्रमित थपिएका छन् । अब जिल्लाभर दोस्रो लहरको कोरोना सङ्क्रमणबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१६ पुगेको छ । 
    यहाँ अहिले ८९६  सक्रिय सङ्क्रमित रहनुभएको छ  भने ७९ को मृत्यु भएको छ । असार लागे यता कोरोना सङ्क्रमणका कारण जिल्लामा कसैको पनि मृत्य भएको छैन् । 
    पछिल्ला दिनमा कोरोनासँग मिल्ने लक्षण भएका बिरामी कम हुँदै गएसँगै परीक्षण घट्दै गएको छ तर चिकित्सकले परीक्षण गरिएकामध्ये पहिलेको जस्तो अत्यधिक सङ्ख्यामा सङ्क्रमित नभेटिएको जानकारी दिए । 

     

    शनिवार, आषाढ ५ २०७८०५:३७:३८

    डेमो खबर

    सम्बन्धित समाचार