images
Logo

शुक्रवार, मंसिर १७ २०७८Dec 03 2021

images

पसा  : "निषेधाज्ञा केही खुकुलो, सीमामा थप कडाई"

पसा  : "निषेधाज्ञा केही खुकुलो, सीमामा थप कडाई"

शुक्रवार, आषाढ ४ २०७८

  • 2.8K
    SHARES

  • पसा  : "निषेधाज्ञा केही खुकुलो, सीमामा थप कडाई"

     
    पर्सा, असार  । जिल्ला प्रशासन कार्यालय पर्सा सङ्कट ब्यवस्थापन केन्द्रकोे बैठकले निषेधाज्ञा केही खुकुलो पार्दै १२ बजेसम्म पसल खोल्न दिएको छ । सो बैठकको निर्णयपछि मोटरसाईकल चलाउन तथा बिकास निर्माणलाई निरन्तरता दिने गरि असार ६ सम्म निषेधाज्ञा आदेश थप गरेको छ ।  तापनि सिमा नाका  भने थप कडाई गर्ने निर्णय गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी एंव केन्द्रका अध्यक्ष पिताम्बर घिमिरेले कोभिड १९ को  चरणमा कोरोनाको उच्च जोखिममा रहेको पर्सामा असार ६ सम्म थपिएको निषेधाज्ञा आदेशमा केही खुकुलो भएको छ । पर्साका सबै सिमा नाकामा भने थप कडाई गर्ने  निर्णय भएको  जानकारी दिइएको छ । उहाँले खुल्ला सिमाका कारण भारतीय तथा नेपालीको आवगमन अन्यभन्दा पर्सा नाकाबाट बढी हुने गरेकाले आवगमन नियन्त्रण गर्न आवश्यक परे सबै सुरक्षा निकायलाई परिचालन गर्ने जानकारी दिनुभयो । 
    सशस्त्र प्रहरी बल गण १३ पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले प्रदेश २ कै सबैभन्दा बढी १०७ किलोमिटर लामो सिमा सुरक्षा गर्न १७ वटा बीओपीबाट गस्ती भईरहेको छ, आवश्यक भए केही बिओपी थपिने गृहकार्य भईरहेको बताउनुभयो । 
    उहाँले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डम बिओपीका जवानले प्रभावकारी रुपमा गस्ती गर्दा सिमा नाकामा हुने अवौध ब्यापार आवागमन तथा आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग मिलेको बताउनुभयो । 
    सशस्त्र प्रहरी बल बिओपी बीरगन्जका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले मुलुकको प्रमुख नाका बीरगन्जबाट हुने आवगमनमा कडाई गर्दै स्वास्थ्य परीक्षण गरि अत्याआवश्यक काम र सेवाबाहेक अन्य कसैलाई पनि आउजाउ गर्न छुट नदिएको बताउनुभयो ।  

     

    शुक्रवार, आषाढ ४ २०७८१०:३०:१८

    डेमो खबर

    सम्बन्धित समाचार