कुन्डलिनी कोर्स समापन

कुन्डलिनी कोर्स समापन

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • कुन्डलिनी कोर्स समापन

    सरलीकृत कुण्डलिनी योग दिक्षा शिविर समापन ।

    काठमाडौं । कीर्तिपुर–१, ट्याङ्गलाफाँट स्थित सरलीकृत कुण्डलिनी योग नेपालले यहि ५-१४ मंसिर २०७६ को अवधिमा कुण्डलिनी योग दिक्षाको पाँचौ शिविर संचालन ग-यो । शिविरमा काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रका महिला तथा पुरुषहरु सहभागी भई कुण्डलिनी जागरण र त्यसको व्यवस्थापन गर्ने तरिका सिक्नु भयो । साथै, पहिलेका दिक्षितहरु मधे यस पल्ट ४ जनाले ब्रह्मज्ञान दिक्षा लिनु भयो ।

    images

    यसै क्रममा सहभागीहरुले आत्म–निरीक्षणको विधी सिकेर आफ्नो र प्रकृतिको रहस्य जान्ने तरिका प्राप्त गर्नु भयो । साथै शरिरलाई स्वस्थ राख्ने युक्ति क्रमश: सरलिकृत शारिरिक व्यायाम र कायाकल्प विधीको प्रशिक्षण पनि प्राप्त गर्नु भयो । सरलीकृत कुण्डलिनी योगको दिक्षा सरलिकृत कुन्डलिनी योगाचार्यद्वय डा. सुब्रमानियन लक्षमणन र श्रीमती गीतारानी लक्षमणनले दिनु भयो । यस कार्यक्रममा डा. जयसिंह साह, डा. रोजन घिमिरे, श्री मती शीला साह र श्री सन्जीब तिवारी तथा डा. नरविक्रम थापाले आवस्यक सहयोग प्रदान गर्नु भएको थियो ।

    योग शिविरको अन्तमा सहभागीहरुले सरलीकृत कुण्डलिनी योगको अनुभव राम्रो भएको र समाजमा सबैको लागि उपयुक्त हुने भएकोले यस विधिको विस्तार गर्नु पर्ने धारणा राख्नु भयो ।

    विशुद्ध विज्ञानमा आधारित सरलीकृत कुण्डलिनी योगको अभ्यासबाट व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा सुख, शान्ति र समृद्धिको अभिवृद्धि हुने विश्वास यस केन्द्रका सचिव तथा प्रशिक्षक डा. जयसिंह साहले व्यक्त गर्नु भयो तथा आगामी दिनहरुमा पनि यस्तै शिविर संचालन गर्ने जानकारी दिनु भयो । सरलीकृत कुण्डलिनी योगबारे थप जानकारी यस केन्द्रको www.skynepal.org.np वा www.facebook.com/SiKuYogNepal साईटबाट वा ९८४३३६६५८७ वा 9818391514 मा फोन गरेर प्राप्त गर्न सकिन्छ ।

    आइतवार, भाद्र २८ २०७७०३:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal